आज:  | Sat, 08, Feb, 2025

नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत बार एशोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर

Avatar photo दिशा निर्देश १० माघ २०८१, बिहीबार २१:३७ मा प्रकाशित (२ हफ्ता अघि)
Share

वीरगञ्ज : नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत बार एशोसिएसनबीच पेशागत प्रवर्द्धन, भौतिक तथा पेशागत सुरक्षा र विधिको शासनको सुदृढीकरणका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

समझदारीपत्रमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र पर्सा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलमोहन पोखरेलले हस्ताक्षर गरेका हुन्।

यस सहमतिअनुसार, दुवै पक्षले सामाजिक मुद्दाहरूमा बहस तथा अन्तरक्रिया सञ्चालन गर्दै विधिको शासन बलियो बनाउन, पेशागत प्रवर्द्धन तथा सुरक्षाका लागि सहकार्य गर्न, पत्रकारहरूलाई कानुनी परामर्श र सेवा उपलब्ध गराउन, र बार एशोसिएसनका सदस्यहरूको पेशागत हित प्रवर्द्धनमा सहजीकरण गर्ने सहमति गरेका छन्।

साथै, समाचार लेख्दा पत्रकारहरूले सामना गर्नुपर्ने कानुनी चुनौतीहरूको समाधानका लागि प्रो-बोनो सेवा उपलब्ध गराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेलका अनुसार, यस समझौताबाट पत्रकारहरूलाई कानुनी सहायताका लागि सहज हुनेछ। समझदारीपत्र तीन वर्षसम्म लागू हुने गरी हस्ताक्षर गरिएको छ, र आवश्यकता अनुसार यसलाई थप अवधि विस्तार गर्न सकिनेछ।


सम्बन्धित खबरहरु