•जोतिलाल पंडित
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवास्थित सनलाइट क्याम्पसमा फुड फेस्टिभल सम्पन्न भएको छ ।
सनलाइट क्याम्पसका क्याम्पस प्रमुख डिके चौरसियाको अध्यक्षतामा भइको फुड फेस्टिभलको उद्घाटन प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए । अध्यक्ष श्रीवास्तवले विद्यार्थीहरुको प्रतिभालाई प्रस्तुत गर्ने अवसरको सृजना गर्न विद्यालय तहबाटै थालनी गर्नुपर्नेमा जोड दिए ।
निजी विद्यालय तथा निजी कलेजहरुले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षालाई पनि आत्मसाथ गर्नुपर्ने आवश्यक्ता पनि उनले औँल्याए ।
गौतम स्कुलका प्रबन्ध निर्देशक सोनाम लामाले विद्यार्थीहरुको प्रतिभा र प्रस्तुतीको प्रसंशा गरे । अब हरेक कलेज र विद्यालयहरुले फुड फेस्टिभल आयोजननागरेर विद्यार्थीहरुलाई उद्यमी बन्ने बाटोतर्फ अग्रसर बनाउनुपर्ने उनको भनाई छ ।
सनलाइट कलेजमा आयोजित फेस्टिभलमा सनलाइटका विद्यार्थीहरुले विभिन्न किसिमका परिकारसहित ३० भन्दा धेरै स्टलहरु प्रदर्शनमा राखिएको थियो ।
स्टलहरुमा सेल रोटी, घोङी, पानी पुडी, कुखुराको रोस्ट, चटपटे, अचार, चप लगायतका विभिन्न परिकार विद्यार्थी आफैले बनाएर बिक्रिवितरण गरेका थिए ।
कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, जीवन ज्योति स्कुलका प्रिन्सीपल शिव गुप्ता, ओम नेशनल एकेडेमीका प्रिन्सिपल हरि श्याम ठाकुर, सनलाइट माविका प्रिन्सिपल आलोक चौरसिया, पकाहामैनपुर गाउँपालिकाका पुर्व प्रमुख बिजय चौरसिया, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, मिरमिरे अनलाइन मधेस प्रदेश संयोजक दिपक चौरसिया, कोडिनेटर राजन चौरसिया, प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद, शिक्षक बलराम श्रेष्ठ लगायतको विशेष उपस्थित रहेको थियो ।