वीरगञ्ज : विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउँदै, सबैको आवाजलाई समेट्ने उद्देश्यले शिवम कुमार साहले केन्द्रीय उपाध्यक्ष (मधेशी तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। साहले विद्यार्थी समुदायको भरोसा र विश्वासलाई बलियो बनाउँदै नेतृत्वदायी परिवर्तनका लागि एकतावद्ध भएर अघि बढ्न जरूरी रहेको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै साहले लाखौं विद्यार्थीहरूको हितमा संघर्ष गर्ने प्रतिबद्धता जनाए। “विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन र उनीहरूको आवाजलाई सशक्त बनाउन म दृढ संकल्पित छु। तपाईंहरूको साथ, समर्थन र विश्वासले मात्र यो यात्रा सफल हुनेछ,” साहले भने।
उनले विद्यार्थी हरूको समग्र विकास, शैक्षिक गुणस्तर सुधार, र शिक्षामा समान पहुँच सुनिश्चित गर्नका लागि आफ्ना प्राथमिकताहरू स्पष्ट पारे। साथै, उनले विद्यार्थी हरूले भोगिरहेका समस्या समाधानका लागि सबै पक्षसँग सहकार्य गर्न तयार रहेको जनाए।
साहको उम्मेदवारीले विद्यार्थी आन्दोलनमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ। विध्यार्थी समुदायका लागि यस उम्मेदवारीले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
साहले सबै विद्यार्थी साथीहरूलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आह्वान गरेका छन्। “तपाईंहरूको भरोसा र समर्थन नै मेरो शक्ति हो। नेतृत्वदायी परिवर्तनका लागि अब हामी सबैले हातेमालो गर्नुपर्छ,” उनले भने।
उनको घोषणासँगै विभिन्न विद्यार्थी संगठन र समुदायले स्वागत गर्दै उनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। साहको उम्मेदवारीले विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।