आज:  | Tue, 21, Apr, 2026

नेपालमा पहिलो पटक मनाइयो इन्टेरियर डिजाइनर्स दिवस

Avatar photo दिशा निर्देश ७ माघ २०८१, सोमबार २३:३८ मा प्रकाशित (१ साल अघि)

काठमाडौं । नेपालमा पहिलो पटक इन्टेरियर डिजाइनर्स दिवस मनाइएको छ । नेपाल वुड इन्टरनेशनल एक्स्पोको १०औं संस्करणको अवसरमा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया) र स्पेस मिडिया एण्ड फ्यूचरक्सको संयुक्त आयोजनामा भृकुटीमण्डप, काठमाडौंमा दिवस मनाइएको हो ।

कार्यक्रममा इन्टेरियर डिजाइनका विविध पक्षलाई उजागर गर्दै बैंक, कार्यालय, र क्याफेहरूको आन्तरिक सजावटको अनुभव प्रस्तुत गरिएको थियो । आईडी सबिता साखा, नयना जोशी, जोन तामाङ, र समीक्षा अग्रवालले आफ्नो अनुभव र डिजाइनीकरणका दृष्टान्तहरू प्रस्तुत गरेका थिए ।

आईडिया नेपालका महासचिव राम गोपाल तण्डुकारले एसोसिएसन र एसियन प्यासिफिक स्पेस डिजाइनर्स एसोसिएसनको परिचय तथा महत्वबारे जानकारी गराएका थिए । आईडी सानु राजा शिल्पकारले नेपालमा इन्टेरियर डिजाइनमा काठको प्रयोग र त्यसको महत्वबारे आफ्नो प्रस्तुति राखे ।

कार्यक्रममा सहभागी हुने डिजाइनरहरूलाई प्रमाणपत्र वितरण र आगामी एपीएसडीए अवार्ड २०२५ मा भाग लिने डिजाइनरहरूको घोषणा पनि गरिएको कार्यक्रम संयोजक सुसोभित रञ्जितकारले जानकारी दिए ।

यो कार्यक्रमले नेपालमा इन्टेरियर डिजाइनको प्रवद्र्धन र यसको व्यवसायिक रचनात्मकताको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।


सम्बन्धित खबरहरु