आज:  | Sat, 08, Feb, 2025

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश ६ माघ २०८१, आईतवार २२:२४ मा प्रकाशित (२ हफ्ता अघि)
Share

वीरगञ्ज, पर्सा – वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका चिकित्सा शिक्षाका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम मेडिकल कलेजका प्रिन्सिपल डा. के. ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जेनुद्दिन अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको प्रतिभा र क्षमता पहिचान गर्दै उनीहरूको चौतर्फी विकासका लागि अनुकूल वातावरण निर्माण गरिरहेको बताए।

कार्यक्रममा एमबीबीएस, बिडिएस, बीएससी नर्सिङ, बीएससी एमआईटी, बीएससी एमएलटी र बीएनएस अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत गरिएको थियो। उनीहरूलाई कलेजको शैक्षिक वातावरण, प्रशासनिक संरचना, र विषयगत जानकारी दिँदै अध्ययनप्रति लगनशील बन्न प्रेरित गरिएको थियो।

उक्त कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एडमिसन निर्देशक अबिद हुसेन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी, हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा. सरोजप्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ, विद्यार्थी, अभिभावक, र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई कलेजमा उपलब्ध शैक्षिक, प्रशासनिक र व्यवहारिक अवसरहरूको जानकारी गराउनुका साथै उनीहरूलाई अध्ययनप्रति जिम्मेवार र उत्साहित बनाउने उद्देश्यलाई पूरा गरेको आयोजकहरूले बताए।


सम्बन्धित खबरहरु