आज:  | Tue, 21, Apr, 2026

चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयहरूमा दियो विदा।

Avatar photo दिशा निर्देश २३ पुष २०८१, मंगलवार १४:०९ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज,२३ पुस । वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ ।  शीतलहरसंगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले विद्यालयहरुमा भोलिदेखि ३ दिनका लागि जाडो विदा दिएको हो ।

 

मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जारी गरेको सूचनामा वर्षे विदामा कट्टा हुने गरि भोलि पुस २४ गते बुधबारदेखि पुस २६ गते शुक्रबारसम्म तीन दिन विरगञ्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको उल्लेख छ ।


सम्बन्धित खबरहरु