आज:  | Tue, 21, Apr, 2026

सार्वजनिक यातायातको भाडा वृद्धि

Avatar photo दिशा निर्देश २२ पुष २०८१, सोमबार २२:१६ मा प्रकाशित (१ साल अघि)

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी देशभर यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको हो ।

यात्रुबाहक सवारी साधनको ३ दशमलव ३० प्रतिशतले बढाइएको छ । यस्तै पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

दुई वा सोभन्दा बढी प्रदेश हुदै सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको तर्क छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले यही पुस ११ गते भाडादर बढाउन सहमति दिएपछि विभागले भाडादर बढाएको हो । डिलक्स यात्रुबाहक सवारी साधनलाई भने तोकिएको भाडादर भन्दा २० प्रतिशत बढी लिन छुट दिइएको छ ।


सम्बन्धित खबरहरु