आज:  | Sat, 08, Feb, 2025

मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दीका लागि जनमत पार्टीद्वारा कार्यदल गठन

Avatar photo दिशा निर्देश २२ पुष २०८१, सोमबार ११:३४ मा प्रकाशित (१ महिना अघि)
Share

जनमत पार्टीले मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दीका लागि कार्यदल गठन गरेको छ। पार्टीको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादवलाई उक्त कार्यदलको सदस्यको रूपमा मधेश केन्द्रित दलहरूसँग संवाद र सहकार्यको जिम्मेवारी प्रदान गरेको छ।

प्रवक्ता यादवका अनुसार, यो कार्यदलले संविधान संशोधन, कार्यगत एकता, र सम्भावित पार्टी एकीकरण जस्ता विषयमा विभिन्न मधेश केन्द्रित दलहरूसँग संवाद र समन्वय गर्नेछ। उनले मोर्चाबन्दीको पहललाई थप प्रभावकारी बनाउन संवादलाई मुख्य प्राथमिकतामा राखिएको बताए।

जनमत पार्टीले यस कदमलाई मधेशको हकहित संरक्षण र समृद्धिका लागि रणनीतिक दृष्टिकोणको रूपमा अगाडि सारेको छ।


सम्बन्धित खबरहरु