आज:  | Tue, 21, Apr, 2026

एक हजार चार सय बढ्यो सुनको मूल्य

Avatar photo दिशा निर्देश १७ पुष २०८१, बुधबार १७:१४ मा प्रकाशित (१ साल अघि)

आज सुनको मूल्य प्रतितोला एक हजार चार सय बढेको छ। चाँदीको मूल्य भने स्थिर देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो।

मंगबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला एक हजार सात सय ६५ मा किनबेच हुँदैछ।

सम्बन्धित खबरहरु