आज:  | Sat, 08, Feb, 2025

नेपाल फिजियोथेरापी संघका सह-कोषाध्यक्ष डा. ओम प्रकाश साहको मन्त्री पौडेलसँग भेटवार्ता, आगामी योजना र नेतृत्वको लक्ष्य

Avatar photo दिशा निर्देश ७ पुष २०८१, आईतवार १५:४४ मा प्रकाशित (१ महिना अघि)
Share

पुस ७ वीरगन्ज : नेपाल फिजियोथेरापी संघका नव-निर्वाचित केन्द्रीय सह-कोषाध्यक्ष डा.ओम प्रकाश साहले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेलसँग अनौपचारिक भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा उनले फिजियोथेरापी क्षेत्रको जनशक्ति, सेवा अवस्था, र समसामयिक समस्याहरूको समाधानका लागि विभिन्न विषयमा छलफल गरे।

यस अवसरमा डा. साहले फिजियोथेरापी जनशक्तिको उचित व्यवस्थापन, सेवाको विस्तार र गुणस्तर अभिवृद्धिका लागि नीतिगत पहलका आवश्यकताबारे मन्त्रीलाई जानकारी गराए। भेटका क्रममा दुबै पक्षले फिजियोथेरापी सेवा क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निकट भविष्यमा औपचारिक रूपमा लिखित प्रस्तावसहित छलफल गर्ने सहमति जनाएका छन्।

फिजियोथेरापी क्षेत्रमा डेढ दशकको अनुभव

ॐ फिजियाेथेरापी एण्ड रिहैबिलिटेशन सेन्टरका संचालक डा. ओम प्रकाश साह विगत डेढ दशकदेखि नारायणी अस्पतालमा पनि फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेका छन्। आफ्नो सेवाकालमा उनले बिरामीको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्दै क्षेत्रीयस्तरमा फिजियोथेरापी सेवाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। साहले देशमा फिजियोथेरापी जनशक्ति अभाव, सेवाको सीमितता, र आवश्यक पूर्वाधारको कमीका कारण देखिएका चुनौतीहरूको समाधानमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

नेपाली कांग्रेसको तर्फबाट आगामी स्थानीय चुनावमा उम्मेदवारी

साहले आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा दुर्गा भगवती गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उनी आफ्नो अनुभव र नेतृत्व क्षमताको उपयोग गर्दै गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका समस्याहरूको समाधान गर्ने लक्ष्यमा छन्। उनका अनुसार गाउँपालिकाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, विशेष गरी फिजियोथेरापी जस्ता अत्यावश्यक सेवाको सहज उपलब्धताका लागि पहल गर्न उनको प्राथमिकता रहनेछ।

फिजियोथेरापी संघको निर्वाचनमा सह-कोषाध्यक्षको रूपमा विजयी भएपछि साहले स्वास्थ्य क्षेत्रका सुधारका लागि गम्भीर पहल थाल्ने संकेत दिएका छन्। मन्त्री पौडेलसँगको भेटमा उनले फिजियोथेरापी सेवाको संरचना, उपलब्ध जनशक्ति र वर्तमान सेवाको अवस्थाका विषयमा विस्तृत जानकारी गराए। उनले भने, “फिजियोथेरापी जस्तो महत्वपूर्ण सेवा अझैसम्म उपेक्षित छ, यसको पहुँचलाई देशका हरेक कुनासम्म पुर्‍याउन सरकारको सक्रिय भूमिका आवश्यक छ।”

गाउँपालिकाको विकास र समृद्धि

गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने तयारी गरिरहेका साहले आफ्नो नेतृत्व क्षमताको प्रयोग गर्दै दुर्गा भगवती गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउनका लागि विशेष योजना प्रस्तुत गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र साना उद्यमहरूको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। साथै, उनले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर गाउँपालिकाको दीगो विकासमा योगदान दिने प्रतिवद्धता जनाएका छन्।

डा.ओम प्रकाश साहको सफल नेतृत्वले फिजियोथेरापी क्षेत्र मात्र होइन, दुर्गा भगवती गाउँपालिकाको विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीय स्तरमा उनले जनताको बीचमा लोकप्रियता र विश्वास हासिल गरिसकेका छन्। जनताको सेवा र समर्पणमा आधारित उनको दृष्टिकोणले उनलाई आगामी चुनावमा बलियो उम्मेदवार बनाउने अपेक्षा गरिएको छ।

डा.साहको नेतृत्व र भविष्यका योजनाले फिजियोथेरापी क्षेत्रको सुदृढीकरण र स्थानीय तहको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।


सम्बन्धित खबरहरु