आज:  | Sat, 08, Feb, 2025

बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प

Avatar photo दिशा निर्देश ६ पुष २०८१, शनिबार ०७:०५ मा प्रकाशित (१ महिना अघि)
Share

काठमाडौं – बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री क्षेत्रमा केन्द्रबिन्दु बनाएर आज बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बिहान ४:१४ बजे गएको हो।

भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ। हालसम्म कुनै क्षति वा हताहतको जानकारी प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न सुरक्षाकर्मी खटाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

 

 


सम्बन्धित खबरहरु