आज:  | Tue, 21, Apr, 2026

अन्डाको मूल्य बढ्यो

Avatar photo दिशा निर्देश २७ मंसिर २०८१, बिहीबार २२:३० मा प्रकाशित (१ साल अघि)

नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । आज संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकेको थियो ।

संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।


सम्बन्धित खबरहरु