टाटा मोटर्सको लोकप्रिय विद्युतीय गाडी पन्च इभीको मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ।
यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्शाएको अभिरुचि र मागका कारण दसैँ–तिहार र छठ पर्वसम्म लम्ब्याइएको कम्पनीको भनाई छ।
कम्पनीका अनुसार, २०२४ डिसेम्बर १ तारिकदेखि पन्च इभीको सुरूवाती मूल्यको अवधि सकिएको र सामान्य मूल्य तोकिएको छ। जसअनुसार, नेपालमा उपलब्ध पन्च इभीका सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ।
नेपालको बाटो र माटोलाई सुहाउँदो गाडी पन्च इभी लन्च भएको छोटो समयमै अत्यन्तै लोकप्रिय एवम् उच्च रोजाइमा पर्न सफल भएको छ।
यसैगरी, पन्च इभीमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन्।
साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्।
यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले ९द्यल्ऋब्ए० मा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ ।