आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ बढ्यो, तोलाको कति ?

Avatar photo दिशा निर्देश ९ मंसिर २०८१, आईतवार १२:०७ मा प्रकाशित (१ साल अघि)

पछिल्लो एक सातादेखि सुनको भाउ निरन्तर बढिरहेको छ । आज आइतबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । स्थानीय बजारमा छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ २० बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।


सम्बन्धित खबरहरु