विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ आज (बिहीबार) देखि प्रदर्शनमा आएको छ।
कात्तिक १६ गतेदेखि बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया ३’ रिलिज हुँदै छन्।
जसकारण शुक्रबारदेखि सो बाँडिने निश्चित छ। तर, माउथ पब्लिसिटी राम्रो हुँदा ‘पूर्णबहादुरको सारंगी’ ले राम्रै व्यापार गर्न सक्छ।
रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउने पात्रमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ।
सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।