वीरगञ्जको बिर्तास्थित सिगरेट फ्याक्ट्री रोडमा छाला तथा यौन रोग विशेषज्ञ र कस्मेटिक सर्जनको रुपमा परिचित डा. अतुलेस कुमार चौरसियाले आफ्नो अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने क्लिनिकको उद्घाटन गर्नुभएको छ। उक्त समारोहमा स्वास्थ्यकर्मी, स्थानीय व्यक्तित्वहरू र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै डा. चौरसियाले आफ्नो क्लिनिकले छाला तथा यौनसम्बन्धी समस्यामा परेको बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य राखेको बताउनुभयो। वीरगञ्ज र आसपासका क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी यो क्लिनिकको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो।
डा. चौरसियाको क्लिनिकमा अत्याधुनिक प्रविधिको प्रयोग गरी रोगको निदान, उपचार र कस्मेटिक सर्जरीसम्बन्धी विभिन्न सेवा सुविधा प्रदान गरिनेछ। यस क्लिनिकमा विशेष गरी छालासम्बन्धी समस्याहरू, यौनसम्बन्धी रोगहरू र सौन्दर्यसंग सम्बन्धित समस्याहरूको निदान र उपचारमा अनुभवी चिकित्सकहरूको टोली सक्रिय रूपमा संलग्न रहनेछ।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले वीरगञ्ज र यस क्षेत्रका जनताको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन डा. चौरसियाको योगदानको सराहना गर्दै उहाँको क्लिनिकले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने विश्वास व्यक्त गरेका थिए।
