आज:  | Thu, 10, Jul, 2025

छपकैयामा हजरत उसमान गनि मस्जिदद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

Avatar photo दिशा निर्देश ३ कार्तिक २०८१, शनिबार १८:२१ मा प्रकाशित (८ महिना अघि)
Share

वीरगन्ज कार्तिक ३: वीरगञ्ज महानगरपालिकाको वडा नं. १ छपकैयामा शनिबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
हजरत उसमान गनि मस्जिदकाे आयोजना र वीरगन्ज मेडिकेयर प्रा.लि.काे प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा १४३ जनाको आँखा जाँच गरिएको थियो ।

आँखा जाँच गरिएकाहरु मध्ये २४ जनामा मोतियाबिन्दुको समस्या भेटिएको वीरगन्ज मेडिकेयरका डा. प्रियांका जैसवालले जानकारी दिईन । शिविरमा २४ जनामा मोतियाबिन्दु देखा परेको र १ जनामा DCR को समस्या देखिएको पनि उनले प्रियांका जानकारी दिइन्।

साथै, केही बिरामीलाई पेसिङ्ग थेरापी आवश्यक रहेको पाइएको छ।
शिविरमा जाँच गराएकाहरुलाई निशुल्क औषधी समेत उपलब्ध गराइएको थियो । शिविरमा जाँच गराएका मध्ये मोतियोबिन्दुका समस्या देखिएकाहरुको आइतबार वीरगन्ज मेडिकेयरमा निशुल्क शल्यकृया गरिने पनि अस्पतालका डाक्टर ज‌सवालले जानकारी दिईन ।

शिविरको सञ्चालनमा असलम खानले सहयोग गरेका थिए भने, कार्यक्रम मस्जिदका अध्यक्ष साबिर मौलानाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको सहजिकरण अली हसन अंसारीले गरेका थिए।


सम्बन्धित खबरहरु