आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयातमा ७६ प्रतिशतभन्दा बढी वृद्धि

Avatar photo दिशा निर्देश १ कार्तिक २०८१, बिहीबार १२:३९ मा प्रकाशित (१ साल अघि)

कार्तिक १ : अघिल्लो आर्थिक वर्षको भदौ मसान्तसम्म पर्सा जिल्लाको वीरगञ्ज भन्सार कार्यालयबाट मोटरसाइकलको आयातमा ७६.८६ प्रतिशतले वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यस अवधिमा सात हजार १२० वटा मोटरसाइकल आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढी हो।

वीरगञ्ज भन्सारका प्रमुख दीपक लामिछानेका अनुसार चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आए पनि दुई पाङ्ग्रे सवारीसाधनको आयातमा वृद्धि भएको छ। चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्यांकअनुसार १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्, जसको मूल्य २ अर्ब ७ करोड ८४ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षको भदौ मसान्तसम्ममा ९ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए, जसको कुल मूल्य १ अर्ब १३ करोड ५४ लाख ६४ हजार रुपैयाँ थियो। यसबाहेक, मोटरसाइकल तथा मोपेडसहितका पार्टपूर्जाको आयातमा पनि वृद्धि भएको छ तर गत वर्षको तुलनामा चालू वर्षमा पार्टपूर्जाको आयात ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको १६ लाख ६१ हजार ५३१ वटा रहेको छ, जुन अघिल्लो वर्षको २३ करोड ९० लाख ४ हजार रुपैयाँको तुलनामा वृद्धि भएको हो।

 


सम्बन्धित खबरहरु