आज:  | Tue, 21, Apr, 2026

सुनको भाउले तोड्यो नयाँ कीर्तिमान, आज तोलाको १ लाख ६२ हजार ४ रुपैयाँ

Avatar photo दिशा निर्देश १ कार्तिक २०८१, बिहीबार १२:२७ मा प्रकाशित (१ साल अघि)

कार्तिक १ : सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सम्बन्धित खबरहरु