वीरगञ्ज: प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोको आयोजनामा नगर सभा गृहमा धूमधामका साथ डान्डिया उत्सव सम्पन्न भएको छ। बडा दशैं, दीपावली, र छठ पर्वको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा डान्डिया नृत्य प्रतियोगिता मुख्य आकर्षण थियो। प्रतियोगितामा विभिन्न समूहका सहभागीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
प्रतियोगितालाई पाँच समूहमा विभाजित गरिएको थियो, जहाँ प्रत्येक समूहका विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। समूह “ए” मा सलोनी श्रीवास्तवले प्रथम स्थान हासिल गरिन् भने अभंगलेनिया गुप्ता र आस्था बर्णवालले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे। समूह “बी” मा इशा शर्माले प्रथम स्थान जितिन्, नाभया खेतान दोस्रो, र खुशी शर्मा तेस्रो स्थानमा रहे।
समूह “सी” मा पलक अग्रवाल प्रथम भइन्, सुमेधा खण्डेवाल दोस्रो, र सान्भी साह तेस्रो स्थानमा रहे। समूह “डी” मा त्रिश्ता अग्रवालले शीर्ष स्थान हासिल गरिन्, आन्या सिंह दोस्रो, र मिठी तिवारी तेस्रो स्थानमा रहे। समूह “ई” मा घिरित अग्रवालले प्रथम स्थान प्राप्त गरे भने आदया कर्ण र आशुतोष कर्णले क्रमशः दोस्रो र तेस्रो स्थानमा बाजी मारे।
कार्यक्रममा प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोका संचालक प्रकाश कर्णको अध्यक्षता थियो। प्रमुख अतिथिका रूपमा जीवन ज्योति स्कुलकी संचालक मिनाक्क्षी गुप्ता, बीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाई, लिटल बडी प्रि-स्कुलका संचालक एवं प्रिन्सिपल विजय बाल, र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले सहभागिता जनाए।
प्रतियोगितामा निर्णायकको भूमिका राजेन्द्र साही, भारती लामा, र काजल अग्रवालले निर्वाह गरेका थिए। कार्यक्रममा संचालन शिवम साह र मानसी नेपालीले गरेका थिए।