आज:  | Tue, 21, Apr, 2026

रौतहटको दुर्गा मेला परिसरबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ

Avatar photo दिशा निर्देश २७ आश्विन २०८१, आईतवार ११:५१ मा प्रकाशित (१ साल अघि)

असाेज २७ : रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला परिसरबाट एक स्थानीय व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति ५६ वर्षीय भोला राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। यादवलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यादवमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट मेड इन यूएसए लेखिएको एक अटोमेटिक पेस्तोल बरामद गरिएको छ। प्रहरी प्रवक्ता दीपक कुमार रायले जानकारी दिँदै बरामद पेस्तोलको एक साइडमा “अटोमेटिक पेस्तोल, मेड इन यूएसए” र अर्को साइडमा “अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड” लेखिएको उल्लेख गरे।

साथै, यादवको साथबाट एक थान म्याग्जिन, चार राउण्ड गोली, र दुई राउण्ड सर्ट गनको गोली पनि बरामद भएको हाे ।यश विषयमा थप अनुसन्धान भईरहेकाे  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


सम्बन्धित खबरहरु