वीरगञ्ज,असाेज २६ : शनिबार पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीस्थित गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा १८ वर्षीय अजितकुमार महत्तो धानुकको डुबेर मृत्यु भएको छ। उनी स्थानीय शीवचन्द महत्तो धानुकका छोरा थिए।
अजितकुमार आफ्ना साथीहरूसँग दुर्गा भवानीको मूर्ति सेलाउन नहरमा पसेका थिए, तर नहरको गहिराइले उनलाई डुबायो। साथीहरूले उद्धार गरेर उनलाई नहरबाट बाहिर निकाले पनि, घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।
घटनाको जानकारी पाएपछि प्रहरीले तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।
