आज:  | Tue, 21, Apr, 2026

दसैंले समाजमा उमंग र एकता फैलाउँछ: मन्त्री गुप्ता”

Avatar photo दिशा निर्देश २६ आश्विन २०८१, शनिबार १६:५४ मा प्रकाशित (१ साल अघि)

वीरगंज, २६ असोज: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दसैंको अवसरमा समाजमा सकारात्मक ऊर्जा, उमंग, र आध्यात्मिक जागरण ल्याउने विश्वास व्यक्त गरेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले दसैं पर्वले सांस्कृतिक परम्परालाई अक्षुण्ण राख्दै, सत्यको विजय र असत्यमाथि सत्यको वर्चस्वको प्रतीक भएको बताए।

मन्त्री गुप्ताले दसैंजस्ता पर्वहरू आफ्ना ऐतिहासिक र सांस्कृतिक महत्वको कारण समाजलाई एकतामा बाँध्न सघाउँछन् भने, यी पर्वहरूले आपसी सद्भाव, प्रेम, र भाईचारा बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले समाजमा चेतना र सजगता बढाउँदै, कुविचार परित्याग गर्न र सुकर्मलाई प्रोत्साहन गर्न विजयादशमी पर्वले प्रेरणा दिने बताए।

कार्यक्रममा मधेस सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल, पकाहा मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया लगायतका व्यक्तिहरूले पनि सहभागिता जनाएका थिए।

 


सम्बन्धित खबरहरु