आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा रोटरेक्ट क्लब अफ युनाइटेडले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Avatar photo दिशा निर्देश १९ आश्विन २०८१, शनिबार २१:४२ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज: दशैं र दीपावलीको अवसर पारेर रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्जले शनिबार घडिअर्वा पोखरी पार्कमा निःशुल्क स्वास्थ्य जाँच शिविरको सम्पन्न भएकाे छ । मधुमेह केयर सहकार्यमा आयोजित यस शिविरमा १८० जना बिरामीहरूले मधुमेह र रक्तचापको निःशुल्क परीक्षण गराएका थिए।

शिविरको नेतृत्व रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष सौरभ बर्णवालले गरेका थिए। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहले बिरामीहरूको मधुमेह र रक्तचाप सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए। साथै, नेपाल फर्माको Lapen Diabetes Division ले शिविरमा आएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरेको थियो।

शिविरमा रोटरेक्ट क्लबका सक्रिय सदस्यहरू रजिश चौधरी, रोशनी भट्टराई, सुजल ठाकुर, ईशा अग्रवाल, अर्चि सर्राफ, आशिष भट्टराई, शर्मिला भण्डारी, डिकेश यादव, र बादल कर्णले सहभागिता रहेको थियो ।

कार्यक्रमबारे जानकारी दिँदै क्लबका सचिव संगम पण्डितले यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार, विशेष गरी मधुमेह र रक्तचापजस्ता रोगहरूबारे जानकारी दिन र परीक्षणको पहुँच सुनिश्चित गर्न शिविरले ठुलो योगदान पुर्‍याएको छ।

 


सम्बन्धित खबरहरु