पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको विज्ञप्तिमार्फत जानकारी गराएको हो।
निगमले शनिबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार, काठमाडौँमा अब पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। पोखरा र दिपायल क्षेत्रमा पनि यही मूल्य कायम हुनेछ।
त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १६३ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ।
चारआली, विराटनगर, अमलेखगञ्ज जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।
