वीरगन्ज,१२ भदौं :नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल “मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कार“ बाट पुरस्कृत भएकी छन् ।
मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा रेडियो वीरगन्जमासमेत कार्यरत पत्रकार पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पौडेललाई नगद ११ हजार १ सय १ रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरे ।झण्डै डेढ दशकदेखि रेडियो वीरगन्जमा कार्यरत पौडेल, नेपाल चलचित्र पत्रकार पर्साकी अध्यक्षपनि हुन् ।
मध्य नेपाल प्रालिकी सञ्चालक तथा मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव , पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो, डा. सुष्मा तिवारी लगायतकोपनि सहभागीता थियो ।