वीरगन्ज,१ भदौंः मधेस सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मुलुकको राजनीतिलाई स्थिरता दिन कांग्रेस र एमालेको गठबन्धन बनेको बताएका छन् । पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न वडामा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री क्षेत्रीले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका क्षेत्रीले मुलुकमा रााजनीतिक अस्थिरता बढ्दा त्यसले विकासमा पनि असर परेको भन्दै त्यहि कारण राजनीतिक अस्थिरता अन्त्य गर्न अहिले कांग्रेस र एमाले मिल्नु परेको बतााए ।राजनीतिक स्थिरता भएमात्र विकासले गति लिने उनले बताए ।
यसका साथै संविधान संशोधन गर्नका लागिपनि कांग्रेस र एमालेबिच नयाँ सत्तासमिरण बनेको मन्त्री क्षेत्रीले बताए । उनले भने,‘कुनैपनि संविधान पूर्ण हुदैन । हाम्रो संविधानमापनि केहि कमीकमजोरी छन् । ती त्रूटीलाई सच्च्याउन अर्थात संशोधन गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यसका लागिपनि दुई ठूला दलहरुबिचको अहिलेको गठबन्धन बनेको हो ।’
मन्त्री बनेपछि आँफुले पर्सा जिल्लाका गाँउ गाँउमा पुगेर जनताका समस्याबारे जानकारी लिन सुरु गरेको भन्ददै उनले विशेषगरी आफनोे मन्त्रालयसंग सम्बन्धित किसानका समस्या समाधानका लागि प्रयास थालेको बताए ।
