आज:  | Tue, 21, Apr, 2026

सशस्त्र प्रहरीद्वारा भेप इलेक्ट्रिक चुरोट र चाँदी बरामद

Avatar photo दिशा निर्देश ३१ श्रावण २०८१, बिहीबार २०:०५ मा प्रकाशित (१ साल अघि)

वीरगन्ज, ३१ साउन : । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गाडी मोबाइल टोलीले ठूलो मात्रामा अवैध सामग्री बरामद गरेको छ। टोलीले भारततर्फ जाँदै गरेको टाँगा चेकजाँच गर्दा फल्स बटम बनाएर लुकाइएका १७ लाख १० हजार ६५० रुपैयाँ बराबरको भेप (इलेक्ट्रिक चुरोट) र दुई किलो १७१ ग्राम चाँदी फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहका अनुसार टाँगामा लुकाइएको अवस्थामा ४५० थान भेप इलेक्ट्रिक चुरोट बरामद गरिएको छ। चुरोट तथा टाँगा
घोडाको नियन्त्रणमा लिइएको छ।

यसैगरी, भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्ति, पूर्वी चम्पारण घोडासहन ग्राम पोष्ट ११ बासुकीनाथका १८ वर्षीय गोपाल कुमारको साथबाट दुई किलो १७१ ग्राम चाँदी बरामद गरिएको छ। सशस्त्र प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्दा गोपाल कुमारको झोलाबाट चाँदी फेला परेको हो। उक्त चाँदीको बजार मूल्य तीन लाख २५ हजार ६५० रुपैयाँ रहेको छ।
बरामद गरिएका सामग्रीहरू आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।


सम्बन्धित खबरहरु