काठमाडौं, – नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। उनीमाथि आन्दोलनकारीहरूमाथि अत्याधिक बल प्रयोग गरेको आरोप लगाइएको छ र त्यसको आधारमा कारबाहीको माग गरिएको छ।
गत शनिबार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा माइतीघरमा आयोजित आन्दोलनका क्रममा इन्सपेक्टर बमले केही अभियन्ताहरूमाथि बल प्रयोग गरेका थिए। सो क्रममा अभियन्ता सोम शर्मालगायतलाई भुइँमा लडाएर मुक्काले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रहरीले भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्ने प्रावधान छ, तर नियन्त्रणमा लिईसकेपछि पनि कुटपिट भएको आरोपले इन्सपेक्टर बम विवादमा तानिएका हुन्।
