आज:  | Tue, 21, Apr, 2026

आफ्नै ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

Avatar photo दिशा निर्देश २८ श्रावण २०८१, सोमबार १८:४२ मा प्रकाशित (१ साल अघि)

अब्दुल कलाम हुसेन 
वीरगन्ज : वीरगन्जमा आफ्नै ससुराकाे हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका-७ रामटोलका ६५ वर्षीय सिताराम सर्राफको हत्या आरोपमा उनका ज्वाइँ साजन सर्राफ पक्राउ परेका हुन्। घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले साजनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका ३१ वर्षीय साजनले सोमबार दिउँसो ससुरामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।

ज्वाइँको आक्रमणबाट गम्भीर घाइते भएका सितारामलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल पुर्याइएको थियो र उनको उपचारकै क्रममा मृत्यु भएकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।


सम्बन्धित खबरहरु