आज:  | Tue, 21, Apr, 2026

माछा र खाना खाएर सुतेका बाराको सिम्रौनगढमा एकै परिवारका तीन जनाको मृत्यु

Avatar photo दिशा निर्देश २८ श्रावण २०८१, सोमबार १८:१८ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज । बारामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ निवासी नरेश रामका दुई छोरी र एक छोराको एकैपटक मृत्यु भएको हो ।
९ वर्षीय लालिमा राम, ७ वर्षीय पुष्पा राम र ५ वर्षीय कृष्ण रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै पकाएको माछा र खाना खाएर सुतेका तीनै जना अचानक बिरामी परेपछि उपचारको क्रममा मृत्यु भएको हो । खाना खाएको केही समयमा उल्टी हुनुका साथै पखालाको समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । फुड पोइजनको आशंका रहेकाे प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य अवस्था झनै बिग्रिन थालेपछि कलैयास्थित प्रादेशिक अस्पतालमा चेकजाँच गराएर वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारको क्रममा तीनै जनाले ज्यान गुमाएको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु