आज:  | Tue, 21, Apr, 2026

पेस्तोल र म्याग्जिनसहित एकजना पक्राउ

Avatar photo दिशा निर्देश २८ श्रावण २०८१, सोमबार ११:३७ मा प्रकाशित (१ साल अघि)

झापा : झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आज बिहान ३:५५ बजेतिर दमक नगरपालिका– ५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको नायब उपरीक्षक चन्दले बताए ।

बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबरहरु