आज:  | Tue, 21, Apr, 2026

वडा प्रहरी कार्यालय विर्ताद्वारा भंसार छलीका विभिन्न सामान बरामद

Avatar photo दिशा निर्देश २२ श्रावण २०८१, मंगलवार ०९:५९ मा प्रकाशित (१ साल अघि)

अब्दुल कलाम हुसेन / २२ साउन वीरगञ्ज : वडा प्रहरी कार्यालय विर्ताले विभिन्न स्थानहरुबाट भन्सार राजस्व छली चोरी पैठारी गरिएका सामानहरु बरामद गरेको छ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले ईनर्वाटोल, नगवा, भकुवा र छपकैया लगायतका स्थानहरुबाट चोरी पैठारी गरी नेपाल भित्राइएको सामानहरु नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानहरुमा मोबाईल चार्जर हेड ८ सय ३० पिस, बोलबम भेष्ट कमिज ५ सय १६ पिस, बोलबम कटु १ सय ७ पिस, जेन्स कुर्ता ४९ पिस, ट्राउजर ९ पिस, मोबाईल कभर २ सय ५५ पिस, मोबाईल ग्लास २१ प्याकेट, होल्डर ७ प्याकेट, पंखा रड १८ पिस, ग्यास रेगुलेटर ७ किलो, मोबाईल डाटा केबल १४ सय ६८ पिस, वाल सिल ३६ पिस, मोबाईल किट ११ पिस, बेल्ट ४६ पिस, बच्चाको भेष्ट कट्टु ५ पिस,  लेडिज टप्स २ सय ३८ पिस, मोबाईल चार्जर ८२ पिस सामानहरुको मुल्य करिब रु १३ लाख ७३ हजार बराबर भन्सार छली गरी भित्र्याइएको सामान बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरी निरीक्षक बोगटीका अनुसार बरामद सामग्रीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएकाे छ ।


सम्बन्धित खबरहरु