आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जको बाल सुधार गृहमा घुम्ती शिविर सम्पन्न

Avatar photo दिशा निर्देश २१ श्रावण २०८१, सोमबार १८:३० मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्तास्थित बाल सुधार गृहमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा शिविर सम्पन्न भएको हो ।

केन्द्रले नेशनल मेडिकल कलेज, वीरगञ्ज सामुदायिक आँखा अस्ताल र रुंगटा वेलफेयर सोसाइटीको सयुँक्त आयोजनामा सम्पन्न शिविरमा १२५ जनाको चेकजाँच गरिएको छ । केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको शिविरको उद्घाटन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गरेका थिए । शिविरका अवसरमा बाल सुधार गृहमा रहेका बाल थुनुवाको चेकजाँच गरिएको हो ।

शिविरमा नेशनल मेडिकल कलेजका निर्देशक डा. इसरत जहान, मेडिकल कलेजकै डा एम डि असफाक अन्सारी, डा. सुधाकर झा, लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष सुष्मा गौतम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निता थापा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित खबरहरु