आज:  | Tue, 21, Apr, 2026

धादिङको गजुरीमा माइक्रोमाथि पहिरो खस्यो

Avatar photo दिशा निर्देश २१ श्रावण २०८१, सोमबार १०:१२ मा प्रकाशित (१ साल अघि)

मकवानपुर । धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको र उद्धार कार्य भइरहेको छ । पहिरोमा परेका मध्ये ४/५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।


सम्बन्धित खबरहरु