आज:  | Tue, 21, Apr, 2026

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

Avatar photo दिशा निर्देश १९ श्रावण २०८१, शनिबार १७:४३ मा प्रकाशित (१ साल अघि)

काठमाडौं– नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा नेसन्स लिगमा ऐतिहासिक जीत* निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।

भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।

शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।


सम्बन्धित खबरहरु