आज:  | Tue, 21, Apr, 2026

लागूऔषध गाँजासहित एक महिला पक्राउ

Avatar photo दिशा निर्देश १९ श्रावण २०८१, शनिबार १७:१५ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज १९ साउन: प्रहरीले ठोरी गाउँपालिकाबाट घरमा लुकाइछिपाइ राखेको ५० किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौ रहेकी छिन् ।

प्रहरीले उनको घरमा बिहीबार राति छापामारी खानतलासी गर्दा घरको कोठाको बक्स पलङभित्र लुकाइछिपाइ राखिएको गाँजा बरामद गरेको हो । उनीविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट शुक्रबार ५ दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।


सम्बन्धित खबरहरु