अब्दुल कलाम हुसेन
वीरगन्ज,१९ साउन : छिपहर माई गाउँपालिका वार्ड नं ५ भिस्वा स्थित श्री मङ्गल माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको छ।
गाउँपालिका ने.वी संघ कार्य समितिले वृक्षारोपण गरी छिपहर माइ गाउँपालिकालाई हरि हाली सहितको मनोरम बनाउन वृक्षारोपण गरिएको ने.वि संघका छिपहरमाई गाउँपालिका अध्यक्ष प्रवेज अहमद गदीले बताए।
जथाभावी बोट बिरुवाको नाश गर्दा संसार भर जलवायु परिवर्तनको असर बढी रहेकाले त्यसबाट बच्न पनि बोट बिरुवा हुर्काउन झण्डै २०० वटा विभिन्न प्रजातिको बिरुवाहरू रोपिएको नेपाल विद्यार्थी संघका छिपहर माई गाउँपालिका उपाध्यक्ष लौजित यादवले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र न ०४(ख)का प्रदेश सभापति तथा छिपहरमाइ वडा नं ०३ का वडा अध्यक्ष दिपेन्द्र सिंह ,बिशिस्ट अतिथि छिपहर्माइ गा. पा. सभापति धुरेन्द्र साह कानु , वडा नं ५ का बुथ सचिव आदित्य कुमार साह ,मधेस प्रदेश (NEA) सदस्य सोनु कुमार गुप्ता , तरूण दल जिल्ला सदस्य संतोष ठाकुर, विकाश सर्राफ नेवि संघ छिपहरमाई गा पा उपाध्यक्ष लवजीत यादव, सचिव राहुल कुमार लगायत को उपस्थिति रहेको थियो
