आज:  | Tue, 17, Jun, 2025

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

Avatar photo दिशा निर्देश १२ श्रावण २०८१, शनिबार १८:४० मा प्रकाशित (१0 महिना अघि)
Share

काठमाडौं– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।


सम्बन्धित खबरहरु