आज:  | Tue, 21, Apr, 2026

मधेश प्रदेशका नवनियुक्त मन्त्री क्षेत्रीलाई गृह जिल्लामा भव्य स्वागत

Avatar photo दिशा निर्देश १२ श्रावण २०८१, शनिबार १७:११ मा प्रकाशित (१ साल अघि)

अब्दुल कलाम /वीरगञ्ज : नवनियुक्त मधेश प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा पुगेका मन्त्री क्षेत्रीलाइ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीसहित नेता, कार्यकर्ता एवम् समर्थकहरुले मन्त्री क्षेत्रीलाई खादा, टिका र माला लगाएर स्वागत गरेका हुन् । मन्त्री क्षेत्रीको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक सभापति राम नारायण कुर्मीले मधेस प्रदेशका जनताको सेवा गर्न नेपाली कांग्रेसले पाएको अवसरलाई सदुपयोग गर्न आग्रह गरे । मन्त्री क्षेत्रीलाई कृषि उत्पादनमा मधेस प्रदेशलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याउन सुझाव दिए ।

मन्त्री क्षेत्रीले मन्त्रालयका सचिव तथा निर्देशकहरुलाई कृषिमा क्रान्ति ल्याउनका लागि नया नया योजनाहरु बनाउन निर्देशन दिएको बताए । त्यस्तै उनले नेपालमा रहेका सातै प्रदेशमा मधेस प्रदेशलाई कृषिमा नमुना प्रदेशको रुपमा विकसित गर्न प्रयासरत रहेको बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेका उपसभापति अशोक गुप्ता, सचिव दिनेश चौधरी, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति अनिल सिंह, जगन्नाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले गरेका थिए ।


सम्बन्धित खबरहरु