आज:  | Wed, 21, May, 2025

नक्कली नोटसहित रौटहटबाट २ जना पक्राउ

Avatar photo दिशा निर्देश ११ श्रावण २०८१, शुक्रबार १४:५८ मा प्रकाशित (९ महिना अघि)
Share

अब्दुल कलाम /वीरगञ्ज । नक्कली नोटसहित रौटहटबाट २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले बिहीबार राति पौने १० बजेतिर दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी छन् । उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले बताइन् ।

चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित राकुमार महतोले सञ्चालन गरेको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।


सम्बन्धित खबरहरु