आज:  | Tue, 21, Apr, 2026

प्रतिबन्धित लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ

Avatar photo दिशा निर्देश १० श्रावण २०८१, बिहीबार १६:०७ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोलस्थित सडकखण्डबाट दुई जना लागुऔषधसहित पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल र जिल्ल प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी सिर्सियाबाट खटिएको सयुँक्त चेकिङ् टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय सुरज साह कलवार र सोही ठाउँका २० वर्षीय सलमान अन्सारी रहेका छन् ।

उनीहरुले लगाएको जुत्ता र शरीरमा कालो प्लाष्टिकमा लुकाईछिपाई राखिएको अवस्थामा ३८ पत्तामा ५७० ट्याब्लेट नाइट्राभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।


सम्बन्धित खबरहरु