आज:  | Sat, 20, Apr, 2024

कुमारी बैंकद्वारा स्वास्थ्य सामग्री शहरी स्वास्थ्य केन्द्र नगवालाई सहयोग

Avatar photo दिशा निर्देश १२ पुष २०८०, बिहीबार १९:४३ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । कुमारी बैंकले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

 

शरिरमा हुने विभिन्न किसिमका दुखाई ठीक गर्नका लागि आयुर्वेद सम्बन्धी स्वेदन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री कुमारी बैंकले उपलब्ध गराएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष प्रशुराम चौरसिया, कुमारी बैंक मधेश प्रदेशका प्रमुख समीर आचार्य, सञ्चालन प्रमुख रंजित कुमार यादव, वीरगञ्ज शाखाका प्रबन्धक अमित सर्राफ, मधेश प्रदेशका कर्जा विभागका लखदीप सिंह, वीरगञ्ज शाखाका रोशन थापा लगायतले स्वास्थ्य केन्द्रका प्रमुख रितेश जैसवाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले उपलब्ध गराएको आयुर्वेदिक तेल, ४ थान ग्यास सिलिण्डर, तौलिया जडिबुटी लगायतका ३० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । उक्त सेवाबाट महिला, बृद्धबृद्धा एवम् न्यून आर्थिक अवस्था भएकाहरुलाई निशुल्क सेवा प्रवाह हुने स्वास्थ्य केन्द्रका प्रमुख जैसवालले जानकारी दिए ।


सम्बन्धित खबरहरु