आज:  | Sat, 08, Feb, 2025

आदर्शनगरमा रहेकाे पाथिभरा ट्रान्सपोर्टमा प्रहरीको छापा

Avatar photo दिशा निर्देश २ माघ २०७९, सोमबार १३:१७ मा प्रकाशित (२ साल अघि)
Share

वीरगञ्ज – वीरगञ्जको आदर्शनगरमा रहेको श्री पाथिभरा ट्रान्सपोर्टमा प्रहरीले छापामारी गरी सिलबन्दी गरेको छ ।

भन्सार छली ल्याइएका सामान ट्रान्सपोर्टबाट लोड भएर अन्यत्र लैजाँदै गरेको भेटिएपछि सील गरेको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय विर्ताको टोलीले ट्रान्सपोर्टमा छापामारी गरी सील गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको निर्देशनमा तस्करी नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको र गए राति पनि ट्रान्सपोर्टमा छापामारी गरेर सिल लगाइएको हो ।

ट्रान्सपोर्टबाट विलविजक नभएका कपडाको पोका, हार्टवेयरका सामान, चकलेट तथा अन्य विभिन्न सामान बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।


सम्बन्धित खबरहरु