आज:  | Sat, 20, Apr, 2024

जग्गाकाे वर्गिकरण सकियाे, अब कित्ताकाट खुलाउ : मेयर सिंह

Avatar photo दिशा निर्देश २ पुष २०७९, शनिबार १२:०८ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महानगरले जग्गा वर्गिकरणकाे काम सम्पन्न गरेकाे भन्दै मालपाेत कार्यालयका प्रमुखलाई कित्ताकाट सुरु गरेर जनताका दैनिक समस्या समाधान गर्न आग्रह गर्नु भएकाे छ ।

जिल्ला मालपाेत कार्यालय परिसरमा शनिबार बिहान आयाेजित कार्यक्रमकाबीच उहाँले मालपाेत कार्यालयका प्रमुख ऋषि कुमार दाहाललाई यस्ताे आग्रह गरेका हुन् ।  महानगरले ३२ वटै वडामा रहेका जग्गालाई विभिन्न ७ थरीमा वर्गिकरण गरेकाे छ ।

वर्गिकरणका लागि राेकिएकाे कित्ताकाट वर्गिकरण सम्पन्न भएसँगै अब खुला गर्नु पर्नेमा नगरप्रमुख सिंहले जाेड दिनुभयाे ।

मेयर सिंहले मालपाेत कार्यालयलाई व्यवस्थित गर्दै मालपाेत, नापी र भूमीसुधार कार्यालयका लागि बहुतले भवनकाे आवश्यकता रहेकाे औँल्याउँदै भवनकाे नक्सा बनाएर ल्याए भवन निर्माणका लाग आफूले पनि पहल गर्ने बताउनुभयाे ।

यस्तै नगरप्रमुख सिंहले मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सुविधाजनक बस्ने स्थान र शौचालयकाे निर्माण महानगर आफैँले गरिदिने बताउनुभयाे ।

उहाँले कार्यालय अगाडीकाे सडकमा जथाभावी सवारी साधन नराखी ताेकिएकाे स्थानमा मात्रै पार्किङ गर्न पनि लेखापढी व्यवसायी र सेवाग्राहीलाई अनुरोध गर्नु भयाे ।

कार्यक्रममा मालपोत कार्यालय पर्साका प्रमुख ऋषि कुमार दाहाल, लेखापढी व्यवसायी संघका अध्यक्ष मदन पटेल, नगर कार्यपालिका सदस्य खैरुद्दिन हवारी, लेखापढी व्यवसायी तथा स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु