आज:  | Sat, 20, Apr, 2024

रानीघाटको ४ वटा चामल गोदाममा प्रहरीको छापा, ठूलाे परिणाममा चामल बरामद

Avatar photo दिशा निर्देश २९ मंसिर २०७९, बिहीबार १७:४३ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज – वीरगञ्जको वडा नम्वर ११ रानीघाटमा रहेका चामल गोदाममा छापामारी गरी प्रहरीले चामल नियन्त्रणमा लिएको छ ।

राजश्व छली भारतबाट चामल भित्र्याइएको सूचनाको आधारमा छापामारी गर्दा ठूलो परिमाणमा चामल बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलीले रानीघाटमा रहेका ४ वटा चामल गोदाममा छापामारी गरेको हो ।

गोदाम सञ्चालकहरु भने फरार भएको प्रहरीले जनाएको छ ।

बरामद चामल जिल्ला प्रहरी लैजाने काम चलिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।


सम्बन्धित खबरहरु