आज:  | Tue, 21, Apr, 2026

प्रभु हस्पिटलकाे रक्तदान कार्यक्रममा सम्पन्न :- ५४ जनाले गरे रगतदान

Avatar photo दिशा निर्देश २९ आश्विन २०७९, शनिबार २०:३२ मा प्रकाशित (३ साल अघि)

वीरगन्ज ,२९ असाेज । वीरगन्जमा रहेकाे प्रभु हस्पिटल आफनाे तेश्राे स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

अहिले डेङ्गी रोगी र चाडपर्वमा रक्त सन्चार केन्द्रमा हुने रगत अभावकाे परिपुर्तिका लागी आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा १३ महिला सहित ५४ जनाले रगत दान गरेका छन् ।

प्रभु हस्पिटल परिसर मै भएकाे रक्तदान कार्यक्रममा रगत दान गर्नेहरुमा जेनिसा कार्की,श्रीकिसन साह, रिन्कु कुमार, अस्मिता खनाल, कृष्ण पन्डित, जमिल अख्तर, रन्जित चौरासीया, अनिल गुप्ता, जगदीश सहनी, सन्दिप मन्डल, राहुल चौधरी, पवन साह कानु, सुनिल कुमार ठाकुर, अमृत महतो, सुरज मण्डल, शनि मण्डल लगायत रहेकाे नेपाल रेडक्रस साेसाइटीका राजन श्रीवास्तवले जानकारी दिए ।

प्रभु हस्पिटलका संचालक डाक्टर मनाेज गुप्ताकाे अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदाा कार्यक्रममा अस्पतालकी डाक्टर लक्ष्मी थापा, दिलिप राज कार्की लगायतकाे पनि उपस्थिती थियाे ।


सम्बन्धित खबरहरु