आज:  | Tue, 21, Apr, 2026

१९ किलो चाँदीसहित धनुषाबाट एक जना पक्राउ

Avatar photo दिशा निर्देश ९ आश्विन २०७९, आईतवार २०:३३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – धनुषाको जटहीबाट ससस्त्र प्रहरीले १९ किलो भन्दा बढी चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ससस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जटहीको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आइरहेका व्यक्तिलाई शंका लागि जाँच गर्दा १९ किलो ४१७ ग्राम चाँदी बरामद गरेको हो ।

पक्राउ पर्नेमा भारतको मधुवनी ग्राम पंचायत सुट्ठी गाउँ वडा नम्बर ६ का चन्द्रकान्त झा रहेको मधेस प्रदेश मुख्यालय छिन्नमस्ताका बाहिनीपति ससस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

आइतबारको बजार भाउ अनुसार बरामद चाँदीको मूल्य उन्नाईस लाख चौसठ्ठी हजार तीन सय चालिस रहेको छ ।

झाको साथबाट एक एक थान मोबाइल र घडी पनि बरामद भएको उनले जानकारी दिए ।


सम्बन्धित खबरहरु