वीरगञ्ज – नेपाली नक्कली नोटसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
नेपाली एक हजार रुपैयाँ र पाँच सय रुपैयाँका नक्कली नोट सहित बारा सिम्रौनगढ नगरपालिका वडा नं. ५ का जगदेव महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा पुगेको प्रहरीले शुक्रबार साँझ नुनियाँको घरमा छापामारी गरी एक हजार दरका ८१ थान र पाँच सय दरको ३ थान नक्कली नोट गरी कुल ८२ हजार ५ सय नक्कली रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
घरमा छापामारी गर्दा उनको सुत्ने ओच्छायान मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको अवस्थामा नक्कली नोट बरामद गरेको हो ।
नेपालीहरुको ठूलो चाड दशैँमा नयाँ नोट बढी प्रयोग हुने मौका छोपेर नुनियाँले दुरुस्तै देखिने नोट बजार लैजाने तयारी गरेर राखेको प्रहरीले जनाएको छ ।
