आज:  | Tue, 21, Apr, 2026

साढे ४७ अंकले बढेको शेयरबजारमा हरियाली, कारोबार रकममा पनि सुधार

Avatar photo दिशा निर्देश २९ भाद्र २०७९, बुधबार १७:०१ मा प्रकाशित (३ साल अघि)

काठमाण्डौ – शेयरबजार आज पनि बढेको छ । हिजो २१ अंकले बढेको शेयरबजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ ।


सम्बन्धित खबरहरु